रास्वपाका गतिविधि असामाजिक, अमर्यादित र अवान्छित : लोसपा

कार्तिक ७, २०८१

कान्तिपुर संवाददाता

Activities of RSVP are anti-social, unrestrained and undesirable: LOSPA

काठमाडौँ — सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि रास्वपाका तर्फबाट भइरहेको गतिविधिको आलोचना गरेको छ । उक्त पार्टीले रास्वपाबाट असामाजिक, अमर्यादित र अवान्छित गतिविधि भइरहेको जनाएको छ । 

रास्वपाका सांसदको समेत सहभागितामा तयार गरिएको संसदीय समितिको प्रतिवेदनको कार्यान्वयनलाई अहिले बाधा गर्न खोज्ने कु चेष्टाले राष्ट्रको आम अनुशासन नै प्रभावित हुने लोसपाले ठहर गरेको छ ।

पार्टी प्रवक्ता आभास लाभद्वारा जारी वक्तव्यमा कुनैपनि फैजारी अभियोग विरूद्व न्याय निरुपण गर्न गराउन सबै नागरिकको कर्तव्य र दायित्व रहेको भन्दै राजनीतिक दल, संघ/संस्था, सरकारी निकाय, संचार जगत एवं आम नागरिकले निष्पक्ष रूपमा लाग्नु पर्ने राष्ट्रिय सार्वभौमिक अपरिहार्यता भनिएको छ । 

न्यायीक संरचनालाई निस्तेज र कुण्ठित बनाउने र राष्ट्र सेवकलाई कानून बमोजिम तोकिएको काम गर्न नदिने वा कर्तव्य पालना गर्न निरूत्साहित गर्ने तथा भयक्रान्त तुल्याउन गरिएका असमाजिक गतिविधिलाई रोक्न लोसपाले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

सरकारले त्यस्तो गतिविधि नियन्त्रित गरी स्वच्छ र निष्पक्ष न्याय निरूपणको वातावरण तयार पार्नुपर्ने वक्तव्यमा उल्लेख छ । 

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully