आज देशको अधिकांश भागमा मौसम सफा रहने

आश्विन ३०, २०८१

कान्तिपुर संवाददाता

Weather will remain clear in most parts of the country today

काठमाडौँ — हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम

कान्तिपुर

Link copied successfully