मौसम च्छो–रोल्पा घुम्ने [तस्बिरहरू]

आश्विन २८, २०८१

केदार शिवाकोटी

Cool Weather – Rolpa Tour [Photos]

दोलखा — लामो समयदेखि सुस्ताएको जिल्लाको मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेको छ । विदेशी पदयात्री मात्रै पुग्ने रोल्वालिङ क्षेत्र घुम्न आन्तरिक पर्यटक पनि जान थालेका छन् ।

च्छो–रोल्पा
च्छो–रोल्पा

पदयात्रामा रमाउने तन्नेरी पुस्ता यो क्षेत्रमा पुग्ने गरेका छन् । युवाहरु भ्लग बनाउन पुग्नेहरूले च्छो–रोल्पा हिमतालको फन्को लाउन थालेका छन् । रोल्वालिङ क्षेत्र घुम्नका लागि यो उपयुक्त मौसम हो ।

दुधकुण्ड
दुधकुण्ड

रोल्वालिङ पदयात्रा पर्यटकको चहलपहल बढेपछि सिजन सुरु भएसँगै खुलेका बेदिङ र नाका होटल व्यवसायी उत्साहित बनेका छन् । ५ देखि ७ दिनको पदयात्रा हुने यो पदमार्गमा युवा पुस्ताहरुको रोजाईमा परेको छ ।गौरीशंकर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ उपत्यकामा च्छो–रोल्पा हिमताल, दुधकुण्ड युवा पुस्ताको पदयात्राको रोजाइमा परेको छ । रोल्वालिङ उप्त्यकामा दैनिक २५ देखि ५० जनासम्म पदमार्गी हिँड्न थालेकाछन् ।

रोल्वालिङ
रोल्वालिङ

गएको असार २२ गते आएको बाढीले रोल्वालिङ पदमार्गमा पर्यटक बास बस्ने डोगाङका ८ होटल पसल बगाउनुका साथै रोल्वालिङ खोलाको दुईवटा ट्रस्टका पुल बगाएको थियो । डोगाङमा पर्यटकका लागि बास बस्न टेन्टसहितका होटल खुलाइएको व्यवसायी दावाछिरिङ शेर्पाले बताए । ‘बाढीले पदमार्गका संरचनामा क्षति गरेपछि रोल्वालिङमा पर्यटक आउँदैनन् भन्ने लागेको थियो,’उनले भने, ‘तर यो वर्ष सिजन सुरु भएसँगै रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकको बाक्लो चहलपहल छ ।’ गएको वर्ष भन्दा यो वर्ष धेरै विदेशी पर्यटक रोल्वालिङ क्षेत्रमा आएको उनले बताए ।

ना गाउँ
ना गाउँ

अधिकांश युवा पुस्ता रोल्वालिङ पदयात्रा गरेर पुग्ने अन्तिम गन्तव्य ४ हजार ५ सय ८० मिटर उचाईमा रहेको च्छो–रोल्पा हुने गरेको छ । घुम्ने हुटहुटीले दसैंको बेलमा रोल्वालिङ पदमार्ग हुँदै च्छो हिमताल पुगेर आएका सुमन तामाङले यो क्षेत्र घुमेर हिमाल र हिमाली जनजीवन बुझन पाएको अनुभव सुनाए । ‘कतै पनि बासको चिन्ता नपर्ने थोरै खर्चमा रोल्वालिङ पदमार्ग घुम्न सकिँदो रहेछ’ उनले भने, ‘युवाहरूका लागि घुम्न च्छो–रोल्पा निकै आर्कषकको गन्तव्य हो ।’ ६ हजार ४ सय मिटर माथिको डोल्माखाङ हिमाल आरोहणका लागि जापानी समुह पुगेको उनले बताए ।

बेदिङ
बेदिङ

बाढीका कारण सुस्ताएको रोल्वालिङ क्षेत्र आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढेपछि होटल व्यवसायीमा खुसीको संचार भएको छ । चरिकोटदेखि विगु गाउँपालिका–१ छ्योछ्योतसम्म सार्वजनिक यातायातबाट सडक यात्रा गरेर पुगिन्छ । त्यसपछि रोल्वालिङ पदमार्ग शुरु हुन्छ । पहिलो दिन हिडेर सिमिगाउँ वा डोगाङमा बास बसेर भोलिपल्ट क्याल्चे, ठाङ्दीङमा हुँदै हिमाल आरोहण गर्नेहरूको गाउँको परिचय बनाएको बेदिङ पुगिन्छ । बेदिङमा पर्यटकलाई लक्षित गरेर साना ठुला डेढ दर्जन होटल छन् । बेदिङपछि तेस्रो दिन च्छोरोल्पा पुगेर घुमाघाम गरी आन्तरिक पर्यटक ना गाउँमा बस्ने गरेको होटल व्यवसायी शेर्पाले बताए । ‘विगतमा धेरथोर विदेशी पर्यटक मात्रै यो पदमार्गमा आउने गरेका थिए,’ उनले भने ‘अहिले नेपालीहरू पनि घुम्न आउन थालेकाछन्, होटल व्यवसाय राम्रो फस्टाएको छ ।’ उनका अनुसार वर्षमा ३ हजार देखि ३ हजार ५ सय आन्तरिक पर्यटक रोल्वालिङ उपत्याका घुम्न आउने गरेकाछन् ।

Cool Weather – Rolpa Tour [Photos]

खासगरी युवा पुस्ता रोल्वालिङ पदमार्गमा आउन थालेपछि होटल बढ्न थालेको उनले बताए । एक जना स्वदेशी पर्यटकका लागि रोल्वालिङ पदमार्गमा पदयात्रा गर्दा १० देखि १५ हजारले पुग्ने उनले बताए । विदेशी पर्यटकका लागि रोल्वालिङ पदमार्गले च्छो–रोल्पा नजिकैबाट आरोहणको लागि विभिन्न हिमाल भएको ठाउँमा लैजान्छ । च्छो रोल्पा हिमतालबाटै पदयात्रा गरेर दुधकुण्ड पुग्न सकिने गौरीशंकर संरक्षण क्षेत्रकी पर्यटक सहायक याङटी शेर्पाले बताईन । विदेशी पदयात्रीहरु रोल्वालिङ पदमार्ग टासिलाप्चा पास भएर सोलुखुम्बुको पर्यटकीय गाउँ थामे हुँदै सगरमाथा जानेहरू पनि बढिरहेको उनले बताइन् । रोल्वालिङ पदमार्गमा हरेक वर्षको असोज, कार्तिक, मंसिर, चैत्र, वैशाख, जेठमा च्छो रोल्पा हिमताल जाने तथा ५ हजार ६ सय ३० मिटरको यलुङ री, ५ हजार ९ सय २५ मीटरको रम्दुङ, ६ हजार मीटर माथिको फर्छेम लगायतको हिमाल आरोहणको लागि विदेशी पर्यटक पुग्ने गरेका छन् । 'यो वर्ष छिट्टै हिउँ पग्लिएकाले टासिलाप्चा पासको बाटो देखिएको छ,' उनले भने, ‘समयमै हिउँ पग्लिएकाले बाटो बनिसेकेकाले उक्त पास भएर थामे हुँदै सगरमाथा जाने पर्यटकको चहलपहल पनि राम्रो छ ।’ छिल्लो समयमा सरकारले विदेशी पर्यटकका लागि अनिवार्य गाइड लिएर हिँडनुपर्ने नियम बनाएपछि स्थानीयको आर्यआर्जन पनि बढ्ने उनले बताइन । बेदिङका अधिकांश स्थानीय विदशी पर्यटकका लागि गाइडको काम गर्छन् । गौरीशंकर संरक्षण क्षेत्रको तथ्यांक अनुसार सिजनको सुरुमै रोल्वालिङ पदयात्रामा ४ सय बढी विदेशी पदयात्री पुगेका छन् ।

मौसम

केदार

Link copied successfully