मलेखुमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

Landslide in Malekhu blocked Prithvi Highway

धादिङ — मलेखुनजिकै पहरेघाटमा सुक्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । पहिरोको कारण सडक अवरुद्ध भएपछि ४ दिन देखि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने क्रममा रोकिएर रहेका सवारीसाधन पुन रोकिएका छन् ।

८ बजे गएको पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन मगाइएको स्थानीय नीरञ्जन कँणेलले जानकारी दिए ।

पहिरो ठुलो र निरन्तर झरिरहेकाले पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने जनाइएको छ । दिनभर काठमाडौँ प्रवेश गर्ने क्रममा रोकिएर बसेका सवारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको भएपनि साँझबाट उपत्यकाबाट बाहिरिने सवारीलाई यो सडक खण्ड प्रयोग गर्न दिइएको थियो । 

लामो समयको प्रतिक्षा पछि राजधानी बाट बाहिरीने क्रममा रहेका यात्रु राजमार्ग आएर पुन रोकिएका छन् ।

(कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता पोषनाथ अधिकारीको सहयोगमा)

कान्तिपुर

Link copied successfully