बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

Flood update: Death toll reaches 200, 26 missing

काठमाडौँ — शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् ।

प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।

अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ । 

बाढी पहिरो

कान्तिपुर

Link copied successfully