काठमाडौँ — अविरल वर्षापछि आएको बाढी र डुबानमा परेका तीन जिल्लाका पीडितलाई उद्धार गर्न गृह मन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको छ ।
प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लाका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।
शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको हो । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, 'प्रभावित क्षेत्रमा मौसम प्रतिकूल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन । मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकप्टर पठाएका छौं ।'
सेनाको हेलिकोप्टरले काठमाडौं उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
