गाउँ पस्न थाल्यो वाग्मतीको बाढी, स्थानीयलाई सुरक्षित ठाउँमा सारिँदै 

आश्विन १२, २०८१

ओमप्रकाश ठाकुर

The flood of Wagmati started entering the village, moving the locals to safer places

सर्लाही — अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढी सर्लाहीको तल्लो तटिय क्षेत्रका गाउँबस्तीमा पस्न थालेको छ । नदीको तटबन्ध माथिबाट बाढी गाउँ पस्न थालेको हो ।

बाढी बाँध माथिबाट 'ओभर फ्लो' भएर गाउँमा पस्न थालेपछि बसबरिया १ र २ मानपुरका बासिन्दालाई सशस्त्र प्रहरीले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको छ । सशस्त्र प्रहरीले बोट्बाट बाढीमा फसेकाहरुको उद्धार गरिरहेको १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । बाढी माथिबाट बग्दा तटबन्ध भत्किरहेको छ । यसले जोखिम बढाएको छ ।

यस्तै बलरा नगरपालिका–१ छन्कीटोला र बलरा-२ हथियौलमापनि ५० भन्दा बढी घर बाढीका कारण डुबानमा परेको मेयर रामाशंकर कुशवाहाले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाढीको जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।

बाढी पहिरो

ओमप्रकाश

Link copied successfully