महोत्तरी — महोत्तरीको सोनी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । गौशाला-८ कुशमाडीस्थित सोनी खोलामा बाढी हेर्न गएका १६ वर्षीय रोहित साह र ११ वर्षीया करिना महतोलाई खोलाले बगाएको थियो ।
करिनाको तत्काल प्रहरी र स्थानीयले खोला छेउको इनारबाट उद्धार गरेको महोत्तरी प्रहरी प्रवक्ता तथा डीएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए ।
बेपत्ता रोहितको खोजी कार्य भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
