सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिवदेन कार्यान्वयन गर्न सरकारलाई पठाउन सभामुखले दिए सचिवालयलाई निर्देशन

भाद्र ३१, २०८१

कान्तिपुर संवाददाता

The report of the Cooperative Inquiry Committee was submitted to the House of Representatives

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिले ६६  वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए ।  उनले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले जानकारी दिए ।

४० वटा सहकारीको वित्तीय विष्लेषण गरेको छन्  । बचत तथा सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा जानकारी दिए । 

सभापति थापाले पार्टी भन्दामाथि उठेर  तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।The report of the Cooperative Inquiry Committee was submitted to the House of Representatives

१४ वटा सुझाव दिएको सभापति थापाले जानकारी दिए । गोरखा मिडियाको रकमबारे ८ वटा सुझाव पेश गरेको जानकारी दिए ।  

'सहकारीका सम्बन्धमा विवाह, सम्बन्ध विच्छेद, लेखपरीक्षण रिपोर्ट फेक छन्, इमानविपरीत काम गरिएका छन्'  सभापति थापाले भने । 

 छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो । 

कान्तिपुर

Link copied successfully