कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

भाद्र ३१, २०८१
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

Highlights

  • प्रतिवदेन कार्यान्वयन गर्न सरकारलाई पठाउन सभामुखले दिए सचिवालयलाई निर्देशन

काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए । उनले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिए । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले जानकारी दिए ।

४० वटा सहकारीको वित्तीय विष्लेषण गरेको छन् । बचत तथा सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा जानकारी दिए ।

सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।

१४ वटा सुझाव दिएको सभापति थापाले जानकारी दिए । गोरखा मिडियाको रकमबारे ८ वटा सुझाव पेश गरेको जानकारी दिए ।

'सहकारीका सम्बन्धमा विवाह, सम्बन्ध विच्छेद, लेखपरीक्षण रिपोर्ट फेक छन्, इमानविपरीत काम गरिएका छन्' सभापति थापाले भने ।

छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १५:०१
x
×