कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

भाद्र २६, २०८१
उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौँ — सत्तारुढ दल कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैं मार्गप्रशस्त गर्न आग्रह गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताए ।

अनधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको बैठकले निष्कर्ष निकालेको घिमिरेले बताए । उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको कांग्रेसको निष्कर्ष रहेको छ ।

उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने कांग्रेस प्रमुख सचेतक घिमिरेले बताए । उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको समेत कांग्रेसको ठहर छ ।

प्रकाशित : भाद्र २६, २०८१ १२:३१
x
×