कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उपसभामुख संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्छ : खतिवडा 

श्रावण ६, २०८१
उपसभामुख संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्छ : खतिवडा 

काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई पाँच जना व्यक्तिको भिसाको अन्तर्वार्ताको समय सारिदिन भन्दै लेखेको पत्रको विवादको छानबिन गर्नुपर्ने बताएका छन् । संसदीय छानबिन हुँदासम्म उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने कांग्रेस सांसद खतिवडाले माग गरेका हुन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्को उपसभामुखले चिठी लेखेको विषयमा छानबिन गर्नुपर्ने बताए ।

'संसद्सँग कुनै साइनो नभएको पाँच जना मान्छे अमेरिकाका भिसाको अन्तर्वार्ताको लागि प्रयोग गरिएको पत्र प्राप्त भयो, यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?,' उनले भने ।

संसद्बाट विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेको खतिवडाको भनाइ थियो ।

'संसद्को मात्रै होइन देशको अपमान भयो । यस्तो अवस्थामा प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनु भन्दा संसद्भन्दा बाहिर बसेर सहयोग गर्नुपर्छ,' उनले भने ।

उपसभामुखको कार्यालय भिसा सहजीकरण गर्ने कन्सल्टेन्सी हुन नसक्ने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ६, २०८१ १३:३५
x
×