कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

सिमलताल दुर्घटनामा चितवन प्रशासनको नयाँ अपडेट :  दुई बसमा थिए ६५ जना यात्रु 

असार ३०, २०८१
सिमलताल दुर्घटनामा चितवन प्रशासनको नयाँ अपडेट :  दुई बसमा थिए ६५ जना यात्रु 

चितवन — नारायणगढ-मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा यात्रु संख्या ६५ जना रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको छ । जसमध्ये तीन यात्री मात्र सकुशल रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले टिपाएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु सकुशल छन् ।

त्यसै गरी वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । दुवै बसमा ६५ जनााले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् । दुवै बससँगै ६१ जना हराइरहेकामा आइतबार बिहानसम्म चारवटा शव फेला परेको छ ।

तीमध्ये तीनवटा शव हराइरहेका बसका यात्रुको भएको आफन्तहरूले चिनेर सनाखत गरेका छन् । भेटिएर सनाखत भएका तीन शवमध्ये एउटा एन्जल बसका यात्रुको हो । गणपति बसमा दुई र एन्जलमा सात गरी कुल ९ भाारतीय नागरिक पनि बसमा थिए । तीमध्ये एक जनाको माात्र शव फेला परेको छ ।

प्रकाशित : असार ३०, २०८१ १०:०५
x
×