सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

The government will conduct climate change adaptation and mitigation programs

काठमाडौँ — सरकारले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्‍चालन गर्ने जानकारी दिएका हुन् ।

उनले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्‍चालन गर्ने व्यवस्था मिलाउने बताए  । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्‍चालन गर्ने उल्लेख गरे ।

उनले भौतिक पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तन अनुकूलित पूर्वाधार निर्माण गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकूलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्यूनीकरण र अनुकुलन हुनेगरी उपयुक्त प्रविधिको प्रयोग गर्ने बताए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully