परराष्ट्रलाई ६ अर्ब ७७ करोड विनियोजन

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

6.77 billion allocated to foreign affairs

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि परराष्ट्र मन्त्रालयतर्फ ६ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय, बहुपक्षीय तथा क्षेत्रीय मञ्च मा नेपालको उपस्थिति सशक्त बनाइने उल्लेख गरे ।

विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार र संरक्षण गरिने उल्लेख गरे । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकता एवं नेपालीको हित प्रवर्द्धन गर्दै सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिने पुनले बताए ।

यस्तै, पुनले वैदेशिक लगानी,व्यापार,पर्यटनप्रवर्द्धन र विकास सहायता परिचालन गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी र परिणाममुखी बनाइने बताए । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully