जनकपुरलाई विवाह, लुम्बिनीलाई वर्थिङ हब बनाइने 

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Marriage to Janakpur, Lumbini to be made a Worthing Hub

काठमाडौँ — पछिल्ला वर्ष नेपालमा विवाह गर्न आउने भारतीय लगायतका पर्यटकको संख्या बृद्धि हुँदै गएपछि यसैलाई आधार मान्दै अब जनकपुरलाई 'वेडिङ डेस्टिनेशन' बनाइने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले विवाह गराउन चाहानेहरुकालागि रामजानकी वेडिङ हब बनाइने बताए । त्यस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा  बच्चा जन्माउन चाहाने विदेशी गर्भवती महिलाहरुकालागि बर्थिङ हबका रुपमा प्रवर्धन गरिने उनले बजेट प्रस्तुत गर्ने क्रममा जानकारी दिए । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully