२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विपन्नलक्षित छात्रवृत्ति कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले पाउने

काठमाडौँ — सरकारले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गर्दै आएको विपन्न लक्षित छात्रवृत्ति कक्षा ६ सम्म विस्तार गरेको छ । संसद्‍मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष देखि कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विपन्न छात्रवृत्ति पाउने बताएका हुन् ।

विपन्नलक्षित छात्रवृत्ति कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले पाउने

थप ४५ हजार विद्यार्थी उक्त छात्रवृत्तिबाट लाभान्वित हुने उनले जनाए । विद्यालय तहको छात्रवृत्तिका लागि सरकारले ६० करोड विनियोजन गरेको अर्थमन्त्री पुनले बताए । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रदान गरिने दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउने सरकारले जनाएको छ ।

हुम्ला, मुगु, जुम्ला र कालिकोटका विद्यार्थीलाई दिईने दिवा खाजाको रकम वृद्धि गरिने बजेटमा उल्लेख छ । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैंयाँ खाजाका लागि उपलब्ध गराउँदै आएको छ । आगामी वर्ष ३० लाख बालबालिका दिवा खाजा खुवाउने सरकारको लक्ष्य छ ।

सामुदायिक विद्यालयमा साथीबाट सिक्ने र साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री पुनले घोषणा गरे । विद्यालयमा करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने र त्यसबाट १ लाख विद्यार्थी लाभन्वित हुने उनले बताए ।

विद्यालय नक्सांकन र शिक्षक दरबन्दी मिलान गर्ने गतवर्षदेखि कै कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ । आगमी वर्ष ५ सय विद्यालयमा खानेपानी र शौचालय तथा एक हजार कक्षा कोठा निर्माण गरिने घोषणा गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x