प्रधानमन्त्रीको गृहजिल्लाको विमानस्थललाई ३६ करोड 

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

36 crore to the airport of the Prime Minister's home district

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्लास्थित भरतपुर विमानस्थलमा एटीआर–७२ विमान सञ्चालन गराउन ३६ करोड बजेट बिनियोजन गरिएको छ । 

त्यहाँको धावनमार्ग छोटो भएकाले सेनासँग जग्गा अधिग्रहण गरी धावनमार्गको लम्बाई बृद्धि गर्न ३६ करोड बजेट विनियोजन गरिएको छ ।

अहिले भरतपुरमा एटीआर–४२ विमानलाई उडान तथा अवतरण गराउने क्षमताको मात्रै धावनमार्ग रहेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र यो काम सम्पन्न गर्ने भनेको छ । त्यहा रहेको सेनाको तबेला मेघौली सार्नुपर्ने छ । अहिले भरतपुरमा १ अर्ब ९२ करोडको नया टर्मिनल भवन निर्माणाधीन छ । यस्को ०७९ चैत्रमा प्रधानमन्त्री दाहाल र भरतपुर मेयर रेणु दाहालले शिलान्यास गरेका थिए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully