सडकबाट पनि कांग्रेसको माग : सहकारी बचत अपचलन र दोहोरो राहदानीमा गृहमन्त्रीमाथि छानबिन गर

‘सत्तासँगै आफ्ना नेता/कार्यकर्ता बचाउन, गिरीबन्धु टी इस्टेटबाट बच्न र रविलाई खुइल्याउन एमाले अध्यक्ष ओली संसदीय छानबिन समिति बनाउन चाहिरहनुभएको छैन’-कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा

जेष्ठ १४, २०८१

कुलचन्द्र न्यौपाने

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passports

काठमाडौँ — सहकारी ठगी गर्नेलाई बचाउन सिंगो सत्ता गठबन्धन नै लागेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबार राजधानीमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत अपचलन र ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न भएको तथ्य सार्वजनिक हुँदा पनि उनलाई छानबिनको दायरामा ल्याउनुको साटो सञ्चारमाध्यमकै मुख थुन्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै कांग्रेसले लामिछानेमाथि पनि दुई देशको राहदानी लिएको कसुरमा छानबिन हुनुपर्ने माग उठाएको छ । 

लामिछाने गृहमन्त्री भएपछि सहकारीमाथिका अनुसन्धान र छानबिन रोकेर आफूविरुद्धका प्रमाण नष्ट गर्न लागेको भन्दै कांग्रेसले साढे दुई महिनादेखि संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको छ । लामिछानेलाई छानबिनको दायराबाहिर राख्ने उद्देश्यका साथ सत्तापक्षले नाम मात्रको समिति बनाउन खोजेको भन्दै कांग्रेसले यस मुद्दालाई आम नागरिकमा पुर्‍याउन सडकमा उत्रेको बताएको हो । 

सहकारी ठगीविरुद्धको कारबाही र गृहमन्त्रीमाथि छानबिनको माग राखेर आइतबार राजधानीमा भएको विरोध सभालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा एमाले अध्यक्ष केपी ओलीप्रति बढी आक्रामक भएका थिए । ‘यो सहकारी गठबन्धनभित्र प्रधानमन्त्रीको दुःख बडो गज्जबको छ । गृहमन्त्रीजी जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुहुन्छ । के यही सत्य हो प्रधानमन्त्रीज्यू ? के जीबी राईलाई प्रचण्डले र नारायणकाजीले भगाउनुभएको हो ?,’ शर्माले भने, ‘तपाईं प्रधानमन्त्री त हुनुहुन्छ तर रेशमी पिँजडाभित्र बसिरहेको देख्छु ।’ 

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passportsशर्माले रविलाई छानबिनको दायरामा ल्याउने गरी संसदीय छानबिन समिति बन्न नदिनुमा एमाले अध्यक्ष ओलीका मुख्य चार उद्देश्य रहेको बताए । ‘पहिलो कारण रास्वपासँग गणित छ । त्यो गणितले अहिलेको सरकार बनाउन र टिकाउनका लागि आवश्यक देख्नुहुन्छ उहाँ । यहाँ लोकतन्त्र होइन, संख्यातन्त्रको प्रश्न छ,’ शर्माले भने, ‘त्यसैले लामिछानेजीको दोषी ठहरिने खालको छानबिन समिति बनाउन ओली तयार देखिनु भएन ।’ त्यसैगरी उनले गृहमन्त्रीलाई जोगाउने बहानामा सहकारीको अपचलनमा जोडिएका धेरै नेता तथा कार्यकर्तालाई जोगाउनु अर्को कारण रहेको उल्लेख गरे । ‘लामिछाने देखिएका पात्र हुन् । नदेखिएका थुप्रै पात्र सहकारी सञ्चालन गरिरहेका, बचत अपचलन गरेका एमालेका थुप्रै हुनुहुन्छ । ती सबैलाई जोगाउन ओलीजी चाहनुहुन्छ,’ शर्माले भने, ‘दोष र गालीजति रविको भागमा छाडिदिएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रक्षा गर्न चाहनुहुन्छ ।’ 

शर्माले गिरीबन्धु टी इस्टेट प्रकरणमा रविको साथ लिएर सहकारी ठगीमा बचाउने उद्देश्य तेस्रो कारण रहेको उल्लेख गरे । ‘चौथो कारण, मिसन ८४ घोषणा गरेका एमाले र रास्वपा पार्टी हुन् । ओली नयाँ दल नयाँ ऊर्जाका साथ आएकाले तिनलाई कमजोरीको दलदलमा फसाउने, यसरी नै खुइल्याउँदै ०८४ सम्म पुग्दा उभिनै नसक्ने ठाउँमा पुर्‍याउने लक्ष्य मैले देखिरहेको छु,’ शर्माले भने । उनले बतासे प्रकारको छानबिन समितिको पक्षमा कांग्रेस नरहने बताए । महामन्त्री शर्माले सदनमा मात्रै नभई सिंहदरबार र बालुवाटार घेर्नसमेत कांग्रेस पछि नपर्ने भन्दै लामिछानेमाथि नै छानबिन केन्द्रित हुने गरी संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेसको रहेको बताए । ‘अब नाम लेखेरै समिति बनाउनुपर्छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनैपर्छ,’ शर्माले थपे, ‘यो एउटा गृहमन्त्रीमाथिको मात्र प्रश्न होइन, यसले ७६ लाख पीडितको प्रश्नको जवाफ दिन्छ ।’ 

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passportsसहकारीपीडित निर्मल महतोले आत्महत्या गर्नुपर्ने अवस्था आएको सन्दर्भ उल्लेख गर्दै महामन्त्री शर्माले पीडितहरू सीता दर्जी र महालक्ष्मी मैनालीलगायतले कहिले न्याय पाउने हुन् भनेर प्रश्न गरेका थिए । ‘कमरेड ओली निर्मललाई न्याय दिलाउन सक्नुहुन्छ ? बुटवलको सार्वजनिक शौचालयमा काम गर्ने सीता शौचालय सफा गरेर दुई छोराछोरी हुर्काइरहेकी छन् । ‘शौचालय सफा गरेर बचाएको रकम बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्नुभयो । त्यही सहकारीको करोडौं रुपैयाँ लामिछानेले नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा आएको थियो । ओलीजी अब भन्नुहोस्, तपाईं सीता दर्जीलाई न्याय दिलाउने पक्षमा उभिनु हुन्छ कि रवि लामिछानेलाई बचाउने पक्षमा ?’ 

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीमा मात्रै नभएर दोहोरो राहदानी लिएको कसुरमा समेत छानबिन हुनुपर्ने माग उठाएको छ । ‘महान्यायाधिवक्ता कार्यालयले कहिले लेखेर दिन्छ सहकारी ठगीमा दोषी हुनुहुन्न भनेर, कहिले लेखेर दिन्छ पासपोर्ट दुइटा भए पनि मुद्दा चलाउन पर्दैन भनेर, के यो महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? ममाथि लगाइएको आरोपको छानबिनमा सघाउन तयार छु भन्दाभन्दै कैलाश सिरोहिया गिरफ्तारमा पर्ने, उस्तै मुद्दामा रवि लामिछाने गृहमन्त्री भइरहने ?’ शर्माले भने । 

त्यसैगरी विदेशीलाई सूचना बेच्ने एजेन्ट संसद्मा छन् भन्ने गृहमन्त्रीको अभिव्यक्तिमा ओलीले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘लिखितमा भनिएको छ– एजेन्ट छन् भन्ने गृहमन्त्रीलाई तपाईंले भनेको मान्छेलाई पक्राउ गर्न सक्नुहुन्छ । यो ढंगको घृणा, हिंस्रक अभिव्यक्ति र दुर्भावना राख्नेसँग कांग्रेस सहमत हुन सक्दैन,’ उनले भने, ‘के यो अभिव्यक्तिसँग कमरेड ओली सहमत हो ? उनले अनुदार शैलीमा अघि बढ्न खोजेको सत्ता नसच्चिएसम्म अब कांग्रेसले सडक मोर्चासमेत नछोड्ने बताए ।

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passports ‘सरकारले अनुदार शैली बदल्नुपर्छ । प्रधानमन्त्रीले प्रतिपक्षलाई आरोप लगाउने, सहकारीबन्धु गठबन्धनको छाया बन्ने अवस्थाबाट मुक्त बन्नुपर्छ । सभामुखको पदीय मर्यादा पालना भएको छैन । रिमोट कन्ट्रोलबाट मुक्त हुनुपर्छ । सहकारी ठगीमा मुछिएका गृहमन्त्रीप्रति निष्पक्ष, इमानदार र गहिरो छानबिन हुनुपर्छ,’ सत्ताधारीलाई सुझाव दिँदै शर्माले भने, ‘अन्तर्राष्ट्रियस्तरको छानबिन समिति बनाए पनि हुन्छ, देश छाड्न तयार छु भनेर भावुक कुरा गरेर जनतालाई भ्रममा राख्न खोज्ने गृहमन्त्री किन आफ्नो नाम लेख्न डराइरहनुभएको छ भन्ने प्रश्न गरे । ‘ठग्नुभएको छैन भने प्रमाणित हुन्छ । माला लगाउन हामी नै आउँछौं तर डायलसिस गर्न लगिएको बिरामीको नाम अर्कै लेखेर हुँदैन । गृहमन्त्री ग्यालेक्सी टीभीको प्रस्तोता मात्रै होइन, सञ्चालक पनि हो । गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गर्नेमा तपाईं पनि हो ।’

सहकारी ठगी गर्नेलाई बचाउन सिंगो सत्ता गठबन्धन नै लागेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबार राजधानीमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत अपचलन र ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न भएको तथ्य सार्वजनिक हुँदा पनि उनलाई छानबिनको दायरामा ल्याउनुको साटो सञ्चारमाध्यमकै मुख थुन्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै कांग्रेसले लामिछानेमाथि पनि दुई देशको राहदानी लिएको कसुरमा छानबिन हुनुपर्ने माग उठाएको छ । 

मिडियामाथि नियन्त्रण गर्न थालियो भने मुलुक कहाँ पुग्छ ?’

कांग्रेस महामन्त्री गगन थापाले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि भएको गिरफ्तारीलाई एउटा मिडिया वा व्यक्तिका रूपमा हेर्न नहुने बताएका छन् । अहिले मिडियालाई नियन्त्रण गर्न सकेमा पछि नागरिकलाई नै प्रश्न गर्नबाट रोक्न सकिने मनोविज्ञानमा सरकार अघि बढेको थापाको भनाइ छ । 

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passports‘आज कसैको मुख थुनिँदै गर्दा थुनिए थुनियोस्, यसको रङ मलाई मन पर्दैन, जात मन पर्दैन, यो ठीक लाग्दैन भन्ने ठाउँबाट छलफल र बहस सुरु गर्‍यौं भने भोलि तपाईंको प्रश्न सोध्ने र लेख्ने अधिकार कुण्ठित गर्ने ठाउँमा आइपुग्छ । त्यसको यात्रा त्यहीँ गएर टुंगिन्छ । सुरुवात यसरी नै हुन्छ,’ आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको स्थापना दिवस कार्यक्रममा थापाले भने, ‘यो सरकारको निरंकुशउन्मुख सत्ताको रबैया हो । अहिले जुन खालको गठजोड छ । यो अनुदारवादी छ । यस्तै गरेर नै तपाईं–हामीले प्राप्त गरेको उपलब्धि थाहै नपाई जान्छ । त्यसैले यो व्यक्तिसँग जोडिएको मुद्दा होइन । यति बेला प्रेसलाई सजिलै टुटाएर टुट्दैन भनेर सत्तालाई झकझकाउने बेला छ ।’ 

कांग्रेस सभापति शेरबहादुर देउवाले लेखेकै आधारमा मिडियामाथि नियन्त्रण गर्न खोज्नु गलत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नैबारेमा कान्तिपुरले लेखेका विषय हेर्न सम्झाएको थापाले बताए ।

‘हाम्रो पार्टी सभापतिले अस्ति (शुक्रबार) को दिनमा प्रधानमन्त्रीसँगको भेटमा नामै लिएर भन्नुभयो । कान्तिपुर निस्केदेखि अहिलेसम्म पल्टाएर एक पटक हेर्नुहोस्, कान्तिपुरले सबैभन्दा बढी गाली गरेको, सबैभन्दा बढी आलोचना गर्नेमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । मैले गाली खाएको छु । तर, मेरो र पार्टीको कुरा छ । गाली खाने कुरामा ठीक थियो वा थिएन, आफ्नो ठाउँमा प्रश्नको उत्तर दिउँला । तर, कुनै कुरामा मेरोबारेमा के लेख्यो भनेका आधारमा मिडियामाथि नियन्त्रण गर्न थालियो भने कहाँ पुग्छ मुलुक ?’ थापाले देउवाको भनाइ उद्धृत गर्दै दाहाललाई भनेको सुनाए ।

Congress's demand from the street: Investigate the Home Minister on misappropriation of cooperative savings and dual passports

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully