कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जनकपुर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको छ। 

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो ।

सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा आएको प्रहरीले सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरी धनुषा ल्याएको थियो।

अर्को दिन बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तोकिएको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको म्याद दिएको थियो । सिरोहियामाथि अनुसन्धानका लागि सोमबार फेरि थप तीनको म्याद थपिएको हो ।

प्रकाशित : जेष्ठ १४, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?