कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत : महासचिव आग्नेस कालामार

काठमाडौँ — एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् । 

कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत : महासचिव आग्नेस कालामार

‘मानव अधिकारका समसामयिक चुनौती र आगामी दिशा’ भन्ने थिममा महासचिव कालामारसँग वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकले गरेको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उनले भनिन्, ‘मिडियालाई दबाबमा राख्ने प्रयत्न भएको देखिन्छ ।’

नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमूलक सामग्री प्रकाशन गर्न हतोत्साही बनाइएको महासचिव कालामारले बताइन् । ‘सूचनाको अधिकार र स्वतन्त्र रुपमा अनुसन्धानमूलक रिपोर्टिङमाथि धावा बोलिएको छ,’ विरोध गर्ने अधिकार महत्वपूर्ण भएको बताउँदै उनले भनिन्, ‘नागरिकको मुखसमेत बन्द गर्ने प्रयास गरिएको छ ।’

उनले पत्रकारहरु व्यावसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारलाई उनीहरुले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्नु नहुनेमा जोड दिइन् । ‘छिमेकमा रहेका मुलुकमा मिडिया र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नियम कानुन बनिरहेका छन् र अभ्यास भइरहेका छन् भने त्यसको प्रभाव तपाईंको देशमा पनि पर्ने सम्भावना बढ्छ,’ महासचिव कालामारले अगाडि थपिन्, ‘यी सबैको प्रभाव समाजमा गम्भीर रुपमा परेको हुन्छ ।’

प्रकाशित : जेष्ठ ११, २०८१ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?