कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत : महासचिव आग्नेस कालामार

जेष्ठ ११, २०८१

कान्तिपुर संवाददाता

Arresting Kailash Sirohia is wrong: General Secretary Agnes Kalamar

काठमाडौँ — एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् । 

‘मानव अधिकारका समसामयिक चुनौती र आगामी दिशा’ भन्ने थिममा महासचिव कालामारसँग वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकले गरेको संवादका क्रममा उनले यस्तो बताएकी हुन् । अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उनले भनिन्, ‘मिडियालाई दबाबमा राख्ने प्रयत्न भएको देखिन्छ ।’

नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमूलक सामग्री प्रकाशन गर्न हतोत्साही बनाइएको महासचिव कालामारले बताइन् । ‘सूचनाको अधिकार र स्वतन्त्र रुपमा अनुसन्धानमूलक रिपोर्टिङमाथि धावा बोलिएको छ,’ विरोध गर्ने अधिकार महत्वपूर्ण भएको बताउँदै उनले भनिन्, ‘नागरिकको मुखसमेत बन्द गर्ने प्रयास गरिएको छ ।’

उनले पत्रकारहरु व्यावसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारलाई उनीहरुले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्नु नहुनेमा जोड दिइन् ।  ‘छिमेकमा रहेका मुलुकमा मिडिया र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नियम कानुन बनिरहेका छन् र अभ्यास भइरहेका छन् भने त्यसको प्रभाव तपाईंको देशमा पनि पर्ने सम्भावना बढ्छ,’ महासचिव कालामारले अगाडि थपिन्, ‘यी सबैको प्रभाव समाजमा गम्भीर रुपमा परेको हुन्छ ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully