२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

'पक्राउको होइन प्रवृत्तिको विरोध गरेका हौं’ : अधिवक्ता रावल

काठमाडौँ — डेमोक्रेटिक लयर्स एसोसियसनकी पूर्वमहासचिव एवम् अधिवक्ता लक्ष्मी रावलले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्ण रूपमा शक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको हो भन्नेमा कुनै दुईमत नरहेको बताएकी छन् ।

'पक्राउको होइन प्रवृत्तिको विरोध गरेका हौं’ : अधिवक्ता रावल

नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले कुनै गम्भीर अपराधमा संलग्न भएको अपराधी जसरी धरपकड गर्नु राज्य सत्ताको दुरुपयोग भएको बताइन् ।

‘गृहमन्त्री रवि लामिछानेले आफ्नो पद जोगाउनका लागि जे सुकै गर्न पनि पछि पर्नु हुन्न भन्ने यो घटनाबाट स्पष्ट भएको छ,’ उनले भनिन्, ‘उहाँको जुन तरिकाबाट एकएक गरेर कर्तुतहरू बाहिरिएका छन् । उहाँ त्यो सुन्न पनि चहानुहुन्न भन्ने देखिन्छ ।’

उनका अनुसार गृहमन्त्री लामिछानेले कुनैबेला आफूले कार्यक्रम चलाउँदा ‘नेताहरू आफ्नो पद जोगाउन जे पनि गर्छन्’ भनेर उफ्रिने गरेकोमा अहिले सोही चरित्र प्रस्तुत गरेको बताइन् । ‘हामी देशमा प्रेस स्वतन्त्रता भनेको मौलिक हक नै हो । यस्तोमा गृहमन्त्रीले अपराध लुकानउका लागि प्रेसको मुख बन्द गर्नु मात्रै आफ्नो अन्तिम विकल्प हो भन्ने सोचेर कान्तिपुर माथि हस्तक्षेप गर्नुभएको हो,’ उनले भनिन्, ‘उहाँले नागरिकहरूलाई गुमराहमा राख्नका लागि खेलेको घिन लाग्दो खेल हो यो ।’

अधिवक्ता रावलका अनुसार जुन रुपमा केएमजीका अध्यक्ष सिरोहिया माथि धरपकड भयो त्यो व्यक्ति माथि मात्रै नभएर प्रवृत्तिका रुपमा अगाडि बढ्न सक्ने जोखिम रहेको छ । ‘हामीले कुनै एक व्यक्तिलाई समात्यो भनेर विरोध गरिरहेका होइनौं । यो खराब प्रवृत्ति हो यसलाई मौलाउन दिनुहुन्न भन्नेमा सबै एकमत भएका हौं,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?