कान्तिपुरका अध्यक्ष सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Kantipur President Sirohia has been detained by the court and extended by 3 days for investigation

धनुषा — जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिनको म्याद थप अनुमति दिएको छ । अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले उक्त आदेश दिएको हो । 

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए । सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन/प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले  पटक-पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याएका थिए ।

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully