कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्क र पदाधिकारीलाई तत्काल कारबाही गर्न कांग्रेस सहकारी विभागको माग

काठमाडौँ — कांग्रेसको सहकारी विभागले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पूर्वआबद्ध रहेको गोरखा मिडिया नेटवर्क र ग्यालेक्सी टिभीले सर्वसाधरणको बचत अपचलन गरेको र त्यसमा लामिछाने संलग्न रहेकोबारे समाचार प्रकाशन गरेको प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपमाथि सरकारी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेको छ ।

रकम अपचलन गर्ने गोरखा मिडिया नेटवर्क र पदाधिकारीलाई तत्काल कारबाही गर्न कांग्रेस सहकारी विभागको माग

विभागका अध्यक्ष देवेन्द्रराज कँडेलले आज विज्ञप्ति निकाल्दै नागरिकता विवाद निरुपणको विकल्प हुँदाहुँदै आतंककारी शैलीमा गिरफ्तार गर्नु लोकतान्त्रिक व्यवस्थाप्रतिको आक्रमण भएका जनाएका छन् ।

‘सुप्रिम सहकारी बुटवल, सुर्यदशर्न सहकारी पोखरा, स्वर्णलक्ष्मी सकारी काठमाडौ र साहारा सहकारी चितवनबाट ९५ करोड ८१ लाख रुपैयाँ गोरखा मिडिया नेटकवर्क प्रालिमा गैरकानुनी रुपमा लगानि भएको विषय र सोसम्बन्धी विभिन्न प्रमाणहरू आइरहेका र सरकारमा विभन्नि क्रियाकलापहरूमा परेको उजुरी र अनुसन्धान मार्फत पत्ता लगाइएका आधारहरू हेर्दा लाखौं सर्वसाधारण जनताले ती सहकारी संस्थाहरूमा खाइनखाइ जम्मा गरेको बचत निक्षेप रकम विद्यमान सहकारी ऐन र नियम विपरीत अपचलन भएको जगजाहर नै छ,’ विज्ञप्तिमा भनिएको छ ।

कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने संस्थाले आफ्ना सदस्यहरूबीच मात्रै ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्था विपरीत गोरखा मिडिया नेटवर्कले करडौं रुपैयाँ अपचलन भएकाले उक्त रकम तत्काल फिर्ता गर्न र अपचलन गर्ने सहकारी सञ्चालक, कार्यकारी प्रमुख साथै गोखरा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई तत्काल कारबाही गरी कानुनी राज्यको अनुभूति दिलाउन सरकारसँग माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x