मन्त्रिपरिषद् बैठकद्वारा लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस

वैशाख १०, २०८१

कान्तिपुर संवाददाता

Recommending Ordinance Targeting Investment Conference by Cabinet Meeting

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ अध्यादेश सिफारिस गरेको हो । 

बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो । ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । 

यसअघि अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्ने तयारी भएको थियो । 

Recommending Ordinance Targeting Investment Conference by Cabinet Meeting

कान्तिपुर

Link copied successfully