कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सरकारमा सहभागी बनेपछि रास्वपा भन्छ : आसन फेरिएको हो, चरित्र फेरिएको छैन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले आफूहरूको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै  जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताए । उनले सदनमा क्यालेन्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताए ।

सरकारमा सहभागी बनेपछि रास्वपा भन्छ : आसन फेरिएको हो, चरित्र फेरिएको छैन

‘हामी हिजो प्रतिपक्षमा बस्दै गर्दा पनि हामीले जति खरा आवाज उठान गरेका थियौँ र जति विषयवस्तु उठाएका थियौँ । हामीले सदनमा क्यालेन्डर लागू गरौँ भन्दा उडाइन्थ्यो आज वास्तविकतामा परिणत भएको छ । प्रतिपक्षमा रहँदा जसरी जनताका आवाज उठाएका थियौँ, ति आवाजको महत्त्व जति रहेको थियो, आज सरकारमा रहँदा पनि हामीले त्यो पाटो भुलेका छैनौँ । त्यति नै सान्दर्भिकता छ । हामीले आसन बदलेका हौँ, चरित्र बदलेका छैनौँ,’ उनले भने ।

न्यूनतम साझा कार्यक्रमअन्तर्गत नै रास्वपाको सरकारमा उपस्थिति रहेको पराजुलीको भनाइ छ ।

प्रकाशित : चैत्र १, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?