कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको गुनासो  : खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

काठमाडौँ — सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । नयाँ सत्ता समीकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा पाण्डेले प्रधानमन्त्री दाहालप्रति आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीप्रति राजेन्द्र पाण्डेको गुनासो  : खोलाको बगरको ठुटोलाई छोडेझैं गरेर हिँड्नुभयो

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीले पछिल्लो गठबन्धन बनाउने बेला आफूहरुलाई अलपत्र छोडेर हिँड्ने अनैतिक काम गरेको भन्दै आपत्ति समेत जनाए । उनले काँग्रेस र एमाले मिलेर अघि बढे बेहाल हुने अवस्थामा प्रधानमन्त्री रहेको पनि बताए ।

'हामी एकीकृत समाजवादीको तर्फबाट यो देशको संविधानको रक्षाका लागि, पार्टीभित्र जन्मको व्यक्तिवादका बिरुद्धमा उत्रेर हामी छुट्टै विद्रोह गरेर आएको शक्ति हो । त्यो विद्रोह गरेर आफैले बनाएको पार्टी तोडेर बिख पिएर हामी तपाईंहरुले बनाएको गठबन्धनमा थियौं । हामीलाई बाटोमा छोडेर खोलाको बगरमा खोलाले बगाएर लगेको ठुटोलाई छोडेझैं गरी छोडर हिँडनु भयो । योभन्दा अनैतिकता के हुन्छ ? मैले प्रधानमन्त्रीजीलाई यो रोस्ट्रमबाट प्रश्न गर्न चाहन्छु–यो भन्दा अनैतिकता के हुन्छ ?,' उनले भने ।

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री दाहालसँग धैर्यतापूर्वक सुन्नसक्ने क्षमता भएकाले आफूले उनीमाथि गुनासो गरेको बताए ।

प्रकाशित : फाल्गुन ३०, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?