कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले आवश्यक छ : यादव 

काठमाडौँ — माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत रहेको सत्तारुढ गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले आवश्यक रहेको बताएका छन् । 

अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले आवश्यक छ : यादव 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावका पक्षमा धारणा राख्दै माओवादी केन्द्रका सांसद यादवले वर्तमान गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले सहज भएको बताए ।

'विगतको गठबन्धन अप्राकृतिक थियो । अहिलेको गठबन्धन वैचारिक, सैद्धान्तिक हिसाबले देशको अग्रगामनको लागि, संविधान संशोधन लगायत विभिन्न जनताका मुद्दा सम्बोधन गर्न, यसको औचित्य र आवश्यकता छ,' उनले भने, 'फेरि गोत्रको पनि कुरा छ । कांग्रेससँग गठबन्धनको गोत्र मिलेको थिएन । त्यसकारणले गोत्र मिलेको यता छ । यो प्राकृतिक गोत्र बनेको छ । यसले मुलुकको हित, राष्ट्रियता, सुशासनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हुन्छ ।'

वर्तमान सत्ता गठबन्धन लामो समय जाने आफूलाई विश्वास रहेको यादवको भनाइ थियो । कांग्रेसले सरकारमा रहेर सामाजिक सद्भाव बिगार्न खोजेको पनि माओवादी सांसद यादवले बताए । 'सरकारको समयमा संविधानमाथि सामाजिक सद्भाव बिथोल्ने काम भयो र त्यसको अगुवाइमा कांग्रेसको प्रमुखता रहेको महसुस भयो र महासमितिबाट स्पष्ट देखियो,' उनले भने ।

माओवादी धेरै समय कांग्रेससँग बसेको भए क्षय हुने थियो भन्ने भनाइ यादवले राखे । गठबन्धन छोड्नका कांग्रेसले समयमै सचेत गराएको उनले भने ।

कांग्रेस सांसदहरू सरकारमा बसेर सरकार नै असफल भयो भन्ने अभिव्यक्ति दिँदै हिँडेको यादवले बताए । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग माओवादीले गठबन्धन गरेकै कारण २० सिट कम आएको पनि यादवले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?