कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

गठबन्धन परिवर्तनमा प्रचण्ड र मलाई जस दिए हुन्छ : ओली 

‌ओलीले कांग्रेसलाई सोधे, 'अब अहिले समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने, पोहोर एकदम सकारात्मक भाषण गर्नुभएको थियो उफ्रीउफ्रीकन, यसपल्ट के भयो त्यस्तो फेरि ?'

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तनमा कांग्रेस र छिमेकी मुलुकले अन्य मुलुकले गरेको हो भन्ने आरोप सही नभएको बताएका छन् । गठबन्धन परिवर्तनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य रहेको र आफूले साथ दिएको बताए । 

गठबन्धन परिवर्तनमा प्रचण्ड र मलाई जस दिए हुन्छ : ओली 

प्रधानमन्त्रीले राखेको विश्वासको मतलाई समर्थन गर्दै प्रतिनिधिसभामा ओलीले भने, 'हामीले सँगै मिलेर ठूल्ठूला काम गरेका छौं । राम्रो काम भएजति आफैंले गरेको भन्छ कांग्रेसले, अरुलाई एकछेउ जस दिन्छ ?,' उनले भने, 'सरकार गठनलगायत सानातिना आन्तरिक काम, यत्तिको काम त हामीले गरेको भनेर भन्नु नि । यो हामीले गरेको हो । प्रचण्डजी मुख्य हो । साथ दिने म पनि हो । दुई भाइलाइ जस दिए पनि हुन्छ नि !'

ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरे । उनले विगतमा भोटै नमाग्दा पनि समर्थन गर्ने कांग्रेसले अहिले पनि त्यो गर्दा हुने बताए । 'पोहोर साल कांग्रेस भोटै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ ब्याट्री हालेजस्तो थियो । समर्थन गरेको थियो । अब अहिले समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने, पोहोर एकदम सकारात्मक भाषण गर्नुभएको थियो उफ्रीउफ्रीकन, यसपल्ट के भयो त्यस्तो फेरि ?,' उनले प्रश्न गरे ।

प्रधानमन्त्री र कांग्रेस उही रहेकाले कांग्रेसले समर्थन गर्नुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित : फाल्गुन ३०, २०८० १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×