काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई विश्वासघात गरेको आरोप लगाएको भन्दै कांग्रेसप्रति आपत्ति जनाएका छन् । उनले कांग्रेसले काम गर्नका लागि सहयोग नगरेको र आफ्नो अवमूल्यन गरेको उल्लेख गरे । प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले सम्बोधन गर्दै उनले बरु केपी केपीले यस्तो भन्न मिल्ने बताए ।
'मैले राष्ट्रपति जिताउन कांग्रेसलाई सहयोग गरेँ मैले विश्वास गरेको हो' प्रधानमन्त्री दाहालले भने,'बरु माननीय केपी ओलीद्ये मलाई धोका दिएको आरोप लागउन मिल्छ किनभने मलाई प्रधानमन्त्री बनाउन उहाँले सहयोग गरेको हो । तर कांग्रेसले मिल्दैन ।'
उनले कांग्रेसको मुख्यमन्त्री बनाउन कसले पहल गर्यो ? त्यसको हेक्का राख्न आग्रह गरे । कांग्रेसको उम्मेदवार जित्ने तर माओवादीको उम्मेदवार राष्ट्रिय चुनावमा हार्ने घटनाले नै अविश्वास सिर्जना भएको उनले बताए ।
