कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

'पोहोर २ महिनामा सरकार फेर्दा अस्थिरता भएन, अहिले चाहिँ अस्थिरता भन्ने ?'

काठमाडौँ — एमाले अध्यक्ष तथा सत्तारुढ दलका नेता केपी शर्मा ओलीले कांग्रेसले पटक-पटक धोका दिएको प्रसंग उठाउँदै उनले अस्थिरताको कारण पनि उही भएको बताए ।

'पोहोर २ महिनामा सरकार फेर्दा अस्थिरता भएन, अहिले चाहिँ अस्थिरता भन्ने ?'

प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बुधबार प्रतिनिधिसभामा बोल्दै ओलीले गत वर्ष दुई महिनामा सरकार परिवर्तन गरेर अस्थिरताको सुरूवात गरेको उल्लेख गरे ।

'यो प्रतिस्पर्धाको प्रणाली हो । कसैको बुहमत छैन । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता भएन । अनि अहिले एक वर्षपछि सरकार फेर्दाचाहिँ अस्थिरता ?' बुहमत ल्याएर सरकार नबनाएकोले रुवावासी नगर्न कांग्रेससँग आग्रह गरे ।

ओलीले देशको राजनीति ठीक नरहेको बताए । 'जात पहिचान धर्मका नाममा विद्वेष फैलाउने प्रयास भइरहेको छ' उनले भने,'यो मुलुक कुनै एउटा जाति विशेषको होइन । कुनै धर्म विशेषको र भूगोल विशेषको होइन । यो सम्पूर्ण राज्यको यसले समदृष्टि समभावले हेर्नुपर्छ ।'

प्रकाशित : फाल्गुन ३०, २०८० १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?