'पोहोर २ महिनामा सरकार फेर्दा अस्थिरता भएन, अहिले चाहिँ अस्थिरता भन्ने ?'

फाल्गुन ३०, २०८०

कान्तिपुर संवाददाता

'There was no instability when the government changed in the last 2 months, but now you call it instability?'

काठमाडौँ — एमाले अध्यक्ष तथा सत्तारुढ दलका नेता केपी शर्मा ओलीले कांग्रेसले पटक-पटक धोका दिएको प्रसंग उठाउँदै उनले अस्थिरताको कारण पनि उही भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बुधबार प्रतिनिधिसभामा बोल्दै ओलीले गत वर्ष दुई महिनामा सरकार परिवर्तन गरेर अस्थिरताको सुरूवात गरेको उल्लेख गरे ।

'यो प्रतिस्पर्धाको प्रणाली हो  । कसैको बुहमत छैन । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता भएन । अनि अहिले एक वर्षपछि  सरकार फेर्दाचाहिँ अस्थिरता ?'  बुहमत ल्याएर सरकार  नबनाएकोले  रुवावासी नगर्न कांग्रेससँग आग्रह गरे ।

ओलीले देशको राजनीति ठीक नरहेको बताए । 'जात पहिचान धर्मका नाममा विद्वेष फैलाउने प्रयास भइरहेको छ' उनले भने,'यो मुलुक कुनै एउटा जाति विशेषको होइन । कुनै धर्म विशेषको र भूगोल विशेषको होइन । यो सम्पूर्ण राज्यको यसले समदृष्टि समभावले हेर्नुपर्छ ।' 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully