चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, 'चेकमेट' गर्ने दिन पनि आउला : स्वर्णिम वाग्ले

'यहाँ च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, उपप्रधानमन्त्री बनाइदेलान् भनेर हिँड्नुपर्‍या छ'

फाल्गुन ३०, २०८०

कान्तिपुर संवाददाता

After sitting down to play chess, you have to move, the day of 'checkmate' will also come: Swarnim Wagle

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् । उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै 'चेख खेल'को उदाहरण दिए । 'फ्रेसनेस र अनुभवको सन्तुलन मिलाउने कुरा हो', वाग्लेले भने,'चेस खेल्न बसेपछि गोटी चाल्नै पर्छ, हात्ती घोडा, रानी प्यूसो सब चालेर एकदिन 'चेकमेट' नै गर्ने दिन पनि आउँछ ।'

उनले केही गरेर देखाउन नगरेको दिन सरकारबाट बाहिरिने प्रतिबद्धता जनाए । 'हाम्रो प्रवेश काम देखाउनका लागि हो । हामीकाम गर्न आएका हौं । अब सरकारबाट गर्न सकिन्छ भने' उनले  भनेर,'गर्न नसकेको दिन आफैं बाहिरिन्छौं । उहाँले हामीलाई गलहत्याउन पर्दैन ।' 

उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको  भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए । 'यहाँ च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, उपप्रधानमन्त्री बनाइदेलान् भनेर हिँड्नुपर्‍या छ' उनले भने । 

उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता जनाए । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully