प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै श्रेष्ठले भनिन् : दलहरूले आफ्नो धरातल स्पष्ट गर्नुपर्छ

'ठूला दलका सत्तास्वार्थले साना राजनीतिक दलहरूलाई कमजोर नभई सचेत बनाइरहेको छ'

फाल्गुन ३०, २०८०

कान्तिपुर संवाददाता

Shrestha said that she would give a vote of confidence to the Prime Minister: The parties should clarify their ground

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले राजनीतिक दलहरूले आफ्नो धरातल स्पष्ट पार्नुपर्ने बताएकी छन । उनले साना राजनीतिक दलहरूलाई जनताको भरोसा हुन् भन्ने बुझ्न पनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छन् । 

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा रहेको जानकारी दिँदै सांसद श्रेष्ठले आफ्नो भूमिका बुझ्न आग्रह गरेकी हुन् । 'राजनीतिक दलहरूले आफ्नो धरातल स्पष्ट रूपमा परिभाषित गरी नेपाली जनताको मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्ने, राजनीतिक कार्यक्रम सञ्चालन गर्नुपर्ने चुनौती पनि तपाईं हामी सम्पूर्णमा आएको छ,' उनले भनिन्, 'साना राजनीतिक दलहरूको भूमिकालाई प्रधानमन्त्रीले बुझ्नुहुनेछ ।'

ठूला दलका सत्तास्वार्थले साना राजनीतिक दलहरूलाई कमजोर नभई सचेत बनाइरहेको श्रेष्ठको भनाइ छ । 

नागरिक उन्मुक्ति पार्टी राजनीतिक स्थायित्वमार्फत सुशासनको पक्षमा रहेको पनि श्रेष्ठको भनाइ थियो । उनले भनिन्, 'साना राजनीतिक दलहरू सत्ताको सारथि मात्रै होइन जनताको भरोसा पनि हुन् ।'

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र विवाद रहेको छ । संसदीय दलकी नेता श्रेष्ठले भने प्रधानमन्त्रीको पक्षमा मत दिन ह्विप जारी गरेकी छन् ।  

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully