मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे गर्न गठबन्धनको बैठक बस्दै

फाल्गुन २२, २०८०

कान्तिपुर संवाददाता

A coalition meeting is being held to discuss the distribution of ministries and the expansion of the cabinet

काठमाडौँ — मन्त्रालय बाँडफाँडबारे छलफल गर्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ । 

अहिले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदलका साथै थप नेताहरू संलग्न भएको बैठक भइरहेको छ ।

एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully