लिखित सहमतिका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्दै

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

The new ruling coalition is meeting for a written agreement

काठमाडौँ — नयाँ सत्ता गठबन्धनको बैठक साढे २ बजे बालुवाटारमा बस्ने भएको छ । मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार उक्त बैठकमा दलहरूबीच लिखित सहमति हुनेछ । 

अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् । 

कान्तिपुर

Link copied successfully