काठमाडौँ — सत्ता समीकरण बदलिएसँगै जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टीका सचिव बीपी साहका अनुसार केही बेरमा सचिवालय बैठक बस्दै छ ।
नयाँ सत्ता गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा औपचारिक निर्णय गर्न बैठक बोलाइएको सचिव साहले बताए । वर्तमान सरकारमा जनमतबाट अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन् ।
सोमबार बिहान जनमतका अध्यक्ष सीके राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए । कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार नै एमाले, रास्वपालगायतका दलसहित नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।
