नयाँ समीकरणबारे माओवादी बैठकमा प्रधानमन्त्री दाहालका तीन ब्रिफिङ

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Prime Minister Dahal's three briefings at the Maoist meeting on the new equation

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए ।

बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने,  शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन अहिले समीकरण नयाँ बनाइन लागिएको उल्लेख गरे । 

बैठकले अध्यक्ष दाहाललाई नै अब मन्त्रिपरिषद्मा पठाउने  व्यक्तिहरूको छनौट गर्न जिम्मा दिएको छ  । बैठकमपछि मा‌ओवादी नेता देवेन्द्र पौडेलले  पनि बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको बताए ।

'विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने थियो' उनले भने,' अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।' उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने उनले बताए ।

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully