बामपन्थी एकतातर्फ यो स्टेप चालिएको हो : पौडेल

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

This step has been taken towards left-wing unity: Paudel

काठमाडौँ — माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बामपन्थी एकतातर्फका लागि अहिले एमालेसँगको गठबन्धनको स्टेप चालिएको बताएका छन् । माओवादी पदाधिकारीहरुको बालुवाटार बैठकपछि नेता पौडेलले विगतका गल्ती सुधार्दै अघि बढ्ने खोजिएको उनले बताए ।

'विगतमा बामपन्थी एकता गर्ने भनिएको हो । सरकार पनि बनाइएको हो तर सफल भएन । तर जनताहरुले बामपन्थी एकता होस् भन्ने  थियो' उनले भने,' अहिले हामी सबैदलहरूसँग मिलेर अघि बढ्ने प्रयास गर्छौं ।'  उनले अहिले समाजवादी मोर्चामा माओवादी, जसपा,  नेकपा एस  र  नेत्रविक्रम चन्द  पनि रहेको उल्लेख गर्दै अब एमाले पनि आएपछि मोर्चाबाट पनि जान सकिने उनले बताए ।  

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully