सत्ता गुम्ने निश्चित भएपछि देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । 

राजनीतिक समीकरण मिलाउन एकलौटी प्रयास गरिरहेका उनले फेरि सत्ता गुम्ने निश्चित भएपछि समीक्षा गर्न पार्टीको बैठक बोलाएका छन् । १० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम छ । 

सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको बताए । 'विषय त खुलेको छैन । तर यही राजनीतिक घटनाक्रमकै कुरा होला,' उनले भने । अघिल्लो निर्वाचनअघि देखि नै माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले गत वर्ष पुसमा पनि गठबन्धनमा खटपट हुँदा अचानक सत्ताबाहिर पुगेको थियो । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस फेरि सत्तामा फर्किएको थियो ।

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully