काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने दाबी गरेका छन् । उनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा आजै नयाँ मन्त्रिपरिषद् बन्ने उल्लेख गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, 'आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ।'
उनले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकसकिएपछि उक्त स्ट्याटस अपडेट गरेका हुन् । टीआरसी र नयाँ सत्ता समीकरणबारे छलफल गर्न एमालेले आज बिहान केन्द्रीय सचिवालयकोप बैठक बोलाएको थियो ।
