एमाले र माओवादीको सचिवालय बैठक सकिएलगत्तै दुई पार्टीको संयुक्त बैठक बस्ने

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

A joint meeting of the two parties will be held after the secretariat meeting of UML and Maoist ends

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रको सचिवालय बैठक सकिए लगत्तै दुई पार्टीको संयुक्त बैठक बस्ने भएको छ । अहिले माओवादी केन्द्रको प्रधानमन्त्री निवास वालुवाटारमा र एमालेको अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बसिरहेको छ ।

दुवै पार्टीले गए राति प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग भएको छलफलबारे जानकारी दिन, टीआरसी र नयाँ सत्ता समीकरणबारे छलफल गर्न सचिवायलय बैठक बोलाएका हुन् ।

यी दुई दलबीच समझदारी भएपछि सम्भावित नयाँ गठबन्धनमा अटाउने रास्वपासहित स‌ंवाद हुनेछ ।

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully