काठमाडौँ — हाल पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनमा सहभागिताबारे छलफल गर्न पार्टीका सांसदहरूसहितको बैठक बोलाएको छ।
अध्यक्ष रेशम चौधरीले साँझ बैठक बस्ने जानकारी दिए । उनले सोमबार प्रधानमन्त्रीलाई बालुवाटारमा गएर भेटिसकेका छन् । बालुवाटारबाट बाहिरिएपछि उनले नागरिक उन्मुक्ति सुदूरपश्चिममा ठूलो शक्ति रहेकाले त्यो jlचार गरेर जानुपर्ने बताए । 'हामीले धेरै मागहरू राख्दै आएका छौं ती मागहरू पुरा हुनुपर्छ,' उनले भने ।
