एमालेबाट गिरी, माओवादीबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Giri from UML, Tamang from Maoist and Aryal from RSVP becoming ministers

काठमाडौँ — माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् । कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको हो ।

त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री  र अर्याल श्रममन्त्री थिए ।  माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले यही ल्होछारमा टुँडिखेलमा तामाङ समुदायबाट एक जना मन्त्री बनाउने वाचासमेत गरेका थिए । 

कान्तिपुर

Link copied successfully