नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल शीतल निवास

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Prime Minister Dahal Sheetal Niwas with names of new ministers

काठमाडौँ — सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

'पुराना सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीनियुक्त गरेको छु' भन्ने पत्र बोकेर प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन् ।

कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्‍मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully