पार्टीका ९ मन्त्रीले शिर झुकाउनुपर्ने काम गरेका छैनौं : उपसभापति खड्का 

फाल्गुन १०, २०८०

कान्तिपुर संवाददाता

9 ministers of the party have not done the work to bow their heads: Deputy Chairman Khadka

काठमाडौँ — कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपसभापति उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट मन्त्री रहेका ९ जनाले कुनै पनि शिर निहुर्‍याउनुपर्ने काम नगरेको बताएका छन् । 

कांग्रेस महासमिति बैठकको समापन समारोहलाई बिहीबार सम्बोधन गर्ने क्रममा खड्काले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा दिने काम गरिरहेको जानकारी दिएका हुन् । 'हामी सरकारमा गएका छौं । मेरै नेतृत्वमा सभापतिले विश्वास गरेर ९ जना साथीहरूलाई सरकारमा पठाएको छ । मन्त्रीहरूका कमजोरीका बारेमा कुरा उठेका छन् । सरकारमा गएका हामी ९ जनाले सरकारमा गएको दिनदेखि आजसम्म पार्टीका साथीहरूले शिर झुकाउनुपर्ने, पार्टीका साथीहरूले नूर गिराउनुपर्ने गलत काम केही पनि गरेका छैनौं,' उनले भने । 

सरकारमा रहेर सुशासन ल्याउनका लागि प्रयास गरिरहेको खड्काको भनाइ थियो । 'हामीले प्रयत्न गरेका छौं, कोसिस गरेका छटौं सुशासन ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्न, जनतालाई सेवा दिनका लागि,' उनले भने । 

महासमिति बैठकमा मन्त्रीहरूबारे गरेका टिप्पणीलाई ध्यानमा राखेर अगाडि बढ्ने पनि खड्काको भनाइ थियो । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully