काम गर्न नसक्ने र दाग लागेका मन्त्रीलाई घर पठाऔ‍ं : महामन्त्री थापा

फाल्गुन १०, २०८०

कान्तिपुर संवाददाता

Let's send home the minister who cannot work and has scars: Mahamantri Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्न नसक्ने र दाग लागेका मन्त्रीलाई पार्टीले कारबाही गर्नुपर्ने बताएका छन् । महासमितिको बिहीबारको बैठकमा महामन्त्री थापाले काम गर्न नसक्नेलाई विश्राम दिनुपर्ने र दाग लागेको मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन् । 

महासमितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई वरिपरि राख्न नहुने पनि बताएका छन् ।

'काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऊँ अनि कांग्रेसले काम गरेर देखाउँ,' उनले भने, 'प्रत्येक वडाको सदस्यले काम गर्न सक्दैन भने अर्कोपटक टिकट होइन १० वर्ष घर बसाउँछु भनेर कांग्रेसले भन्न सक्नुपर्छ । भ्रष्टाचारमा मुछिएको एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दैन भनेर भन्न सक्नुपर्छ ।'

महामन्त्री थापाले ती सबै काम गरेपछि सरकारको कामको तागतमा पार्टीको शक्ति बढ्दै जाने उनको भनाइ थियो ।

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully