कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

०८४ मा कांग्रेसले नयाँ–पुराना कोहीसँग गठबन्धन गर्दैन : गोपालमान श्रेष्ठ

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले ०८४ को चुनावमा नयाँ पुराना कोहीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । उनले पार्टीभित्र एकतावद्ध भएर अघि बढ्न सकेको अवस्थामा कसैले कांग्रेसलाई चुनौती दिनै नसक्ने दाबी गरे ।

०८४ मा कांग्रेसले नयाँ–पुराना कोहीसँग गठबन्धन गर्दैन : गोपालमान श्रेष्ठ

बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै नेता श्रेष्ठले महासमिति बैठकले देशभरि पार्टीभित्रको बृहत् एकताको सन्देश प्रवाह भएको बताए ।

‘हामी एक भएर अगाडि बढौँ । अहिलेदेखि नै राम्रोसँग संगठन गरौं । यो बैठकबाट देशभरि एकताको सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘यही म्याण्डेडअनुसार हामी अघि बढ्यौँ भने ०८४ को चुनावमा कांग्रेसले नयाँ पुराना कसैसँग मिल्नुपर्दैन । कसैसँग गठबन्धन गर्नु आवश्यक पर्दैन ।’

उनले पार्टीभित्र नेतृत्वले सबै नेता कार्यकर्तालाई न्याय गर्ने प्रणालीको विकास गर्नुपर्ने बताए । ‘पार्टीभित्र सबैलाई न्याय गर्ने प्रणाली र पद्धतिको विकास गर्नुपर्छ । हामीले ११ औँ महाधिवेशनमै ‘कदमजम’को सिद्धान्तलाई पारित गरेका थियौँ,’ उनले स्मरण गर्दै भने, ‘तर अहिलेसम्म पनि त्यसको अक्षरशः लागू हुन सकेको छैन । त्यसमा हामीले ध्यान पु¥याउनु आवश्यक छ ।’

प्रकाशित : फाल्गुन १०, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?