कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

कांग्रेस महासमिति बैठक : चारवटै प्रस्ताव सर्वसम्मत पारित

काठमाडौँ — नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन महासमिति बैठकले सर्वसम्मत पारित गरेको हो । 

कांग्रेस महासमिति बैठक : चारवटै प्रस्ताव सर्वसम्मत पारित

चार वटै प्रस्तावहरुमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरुले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठकले चारवटै प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेको सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

'प्रस्तावहरुमाथि सुझावहरु आएका छन् । ती सुझावहरुलाई पछि केन्द्रीय समितिले समावेश गरेर दस्तावेजहरुलाई अन्तिम रुप दिनेछ,' उनले भने, 'अहिले चारवटै प्रस्तावहरु सर्वसम्मतले पास गरिएको छ ।'

बैठकमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव पेस गरेका थिए । तर महासमिति बैठकले अहिले त्यसबारे कुनै निर्णय गरेन । तर वर्तमान गठबन्धनलाई निरन्तरता दिएर जाने भन्नेमा दुई मत नरहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

बैठकमा महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गर्न प्रस्ताव गरेकोमा महासमिति सदस्यहरुले ताली बजाएर अनुमोदन गरेका थिए ।

प्रकाशित : फाल्गुन १०, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?