कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सबै तहका सरकारसँग पार्टीको दूरी बढ्यो, जवाफदेहिता छैन : थापा 

काठमाडौँ — कांग्रेस महामन्त्री थापाले तीनवटै तहका सरकारमा पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूसँग पार्टीको दूरी बढेको बताएका छन् । पार्टी महासमिति बैठकमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा थापाले पार्टी र सरकारबीच दूरी देखिएको बताएका छन् । 

सबै तहका सरकारसँग पार्टीको दूरी बढ्यो, जवाफदेहिता छैन : थापा 

मंगलबार पेस गरिएको थापाको प्रतिवेदनमा पार्टी र सम्बन्धित तहका सरकारबीचको दूरी हटाउन र समन्वय गर्नका लागि 'समन्वय संयन्त्र' को प्रस्ताव गरेका छन् ।

पार्टीको तर्फबाट उम्मेदवार भएर गएका जनप्रतिनिधि वा कार्यकारी भूमिकामा रहेका व्यक्ति र पार्टी समितिको बीचमा विश्वास सहितको कार्यगत सम्बन्ध सदैव अपेक्षित रहने थापाको प्रतिवेदनमा उल्लेख छ । 'पार्टी र सरकारबीचको समन्वय, संवाद र सम्बन्धका सन्दर्भमा विगतदेखि नै पार्टीले गरेका प्रयासमा कहीँ न कहीँ अप्रयाप्तता भएको छ,' प्रतिवेदनमा भनिएको छ, 'सबै तहगत सरकारमा यो दूरी झन बढ्दो छ, कतै संवाद छैन, कतै समन्वय छैन, जवाफदेहिता कसैको पनि छैन ।'

तीनवटै तहका सरकार र पार्टीबीच समन्वय गर्नका लागि समन्वय आवश्यक पर्ने उनको भनाइ छ । सरकार र पार्टीको सम्बन्ध सुमधुर हुन सकेन भने त्यसले सरकारको विश्वसनियता र स्थिरतामासमेत असर गर्ने थापाले बताए । उनले त्यसको व्यवहारिक समाधान खोज्न अपरिहार्य रहेको बताए ।

पार्टी र सरकारहरूबीच समन्वय गर्नका लागि प्रत्येक गाउँ नगरपालिका र वडामा पार्टीको तर्फबाट जितेका जनप्रतिनिधि र पार्टी समितिबीच समन्वय, संवाद र सहजीकरणका लागि संयन्त्र बनाउने प्रस्ताव गरेका हुन् ।

प्रकाशित : फाल्गुन ८, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?