'कांग्रेस संविधान संशोधनका लागि खुला छ'

'संविधान लागू भएयताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पंक्तिबाट आएका सुझावहरू समेतका आधारमा संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेस आफैंले लिने छ'

फाल्गुन ८, २०८०

कान्तिपुर संवाददाता

'Congress is open to constitutional amendment'

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि कांग्रेस खुला रहेको र आफ्नै नेतृत्वमा संशोधन गराउने प्रतिवेदन पार्टीको महासमिति बैठकमा पेस गरेका छन् ।

संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्य बनाउन आवश्यक रहेकाले यसका लागि कांग्रेसले भूमिका खेल्ने उनले उल्लेख गरे ।

'नेपाली कांग्रेस संविधानलाई गतिशील दस्तावेजका रूपमा हृदयंगम गर्दछ । संविधानको आधारभूत रचनामा प्रतिकूल असर नपर्ने गरी आवश्यकता अनुसार संविधान संशोधनप्रति नेपाली कांग्रेस खुला छ । संविधान लागु भए यताका हाम्रा आफ्नै अनुभव तथा पार्टी पङ्तिबाट आएका सुझावहरू समेतका आधारमा संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेस आफैंले लिने छ' उनले भने,'आगामी दिनमा सम्पूर्ण पक्षसाग छलफल गर्दै संविधानलाई थप सम्बृद्ध र सर्वस्वीकार्य बनाउन नेपाली कांग्रेस सम्पूर्ण नागरिक तथा राजनीति शक्तिलाई एकै स्थानमा ल्याएर छलफल, अन्तर्क्रिया तथा विमर्श मार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछ ।'

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully