काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालले विदेशमा पठाएका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने स्पष्ट पारेका हुन् ।
'आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु । कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं,' उनले भने ।
प्रधानमन्त्री दाहालले मुलुकमा लगानी ल्याउने भूमिका खेल्ने र पर्यटन वृद्धिका लागि कूटनीतिक गतिविधि हुनुपर्ने बताएका छन् ।
